काठमाण्डु- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गलत प्रवृतिसँग सम्झौता नगरिने बताएका छन् । शनिवार काठमाण्डुमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गतल प्रवृतिविरुद्ध जुधिरहने बताएका हुन् ।
उनले भने, “गलत प्रवृतिका विरुद्ध निरन्तर जुधिने छ । गलत प्रवृतिसँग कुनै पनि हालतमा सम्झौता गरिने छैन ।” त्यसैगरी उनले एमालेमा वामदेव गौतमजस्तो अपमानित भएर भाग्नुपर्ने र घर न घाटको अवस्था आउने अवस्था आफ्नो लागि स्वीकार्य नहुने जनाएका छन् ।
उनले अगाडी भने, “वामदेव कमरेड जस्तो अपमानित भएर, भाग्नुपर्ने अवस्था पर्यो भने घर न घाटको हुने । न रुन सकिने न हाँस्न सकिने अवस्था हुन्छ । त्यो अवस्थामा कोही पनि नपरोस् भनेर समयमा नै विचार पुर्याएर हामी अन्तिम अन्तिम समयमा पनि आइरहेका छौं ।”




प्रतिक्रिया