माधव नेपाल पक्षका नेताको निवेदन संसद् सचिवालयले बुझेन

माधव नेपाल पक्षका नेताको निवेदन संसद् सचिवालयले बुझेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमाले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदहरुको पद जोगाउन बुधबार संसद सचिवालय पुगेका विरोध खतिवडा र जीवनराम श्रेष्ठको निवेदन दर्ता हुन सकेन ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श गरेपछिमात्र निवेदन दर्ता गर्न मिल्ने भनेपछि खतिवडा र श्रेष्ठ फर्केका हुन् ।

केपी शर्मा ओली नेतृत्वको संसदीय दल बैठकले माधव नेपाल, रामकुमारी झाँक्री, खतिवडा, श्रेष्ठसहित १४ जनालाई मंगलबार सांसद पदसमेत नरहने गरी कारबाही गरेको थियो ।

नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छ ।