चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग माधव नेपालको २ घण्टा ‘भिडियो कन्फरेन्स’

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग माधव नेपालको २ घण्टा ‘भिडियो कन्फरेन्स’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख सङ ताओसँग भिडियो कन्फरेन्स गरेका छन् । मा नेपालले कोरोना भाइरसलाई आधुनिक चिकित्सा विज्ञान, आविष्कार र मानवीय व्यवहारबीचको संयोजनले जितिने बताए।

भिडियो कन्फरेन्समा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उप प्रधानमन्त्री ईश्वर पोखरेल तथा ६ प्रदेशका पार्टी इन्चार्ज सहभागी थिए ।

उता चिनियाँ पक्षबाट प्राध्यापक झोङ नान सान तथा चिकित्सक र वैज्ञानिकहरु सहभागी रहेको नेता नेपालको सचिवालयले जनाएको छ। भिडियो कन्फरेन्स दुई घण्टा चलेको थियो ।

चीनको कोरोना नियन्त्रण उच्चस्तरीय समिति संयोजक प्राध्यापक झोङ नान सानले कोरोना नियन्त्रणको चिनियाँ अनुभव सुनाएका थिए ।

भिडियो कन्फरेन्समा प्रदेश नम्बर १ का इन्चार्ज भीम आचार्य, २ का सत्यनारायण मण्डल, बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश प्रमुख गोविन्द नेपाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका जनार्दन शर्मा र सुदूरपश्चिम प्रदेशका भीम रावल सहभागी थिए ।

भिडियो कन्फरेन्समा नेपाली नेताहरुले चीनले कसरी भाइरस नियन्त्रण ग‍र्यो ? रोग नियन्त्रणका लागि कस्ता खोज भइरहेका छन्, जस्ता विषयमा जिज्ञासा राखेका थिए ।