काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
सर्वोच्च आदलतले देउवाको पक्षमा फैसलागरेसँगै नेता नेपालले सभापति देउवालाई फोन गरेर बधाई दिएका हुन् । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गर्दै संसद पुन ब्यूताईदिएको छ । सर्वोच्चले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
देउवालाई एमालेका माधव नेपाल पक्षका २६ सांसद्ले हस्ताक्षर गर्दै प्रधानमन्त्रीका लागि समर्थन गरेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दाबीलाई पनि अस्वीकार गरेकी थिइन् । त्यसपछि भएको प्रतिनिधि सभा विघटन विरुद्ध नेपाल पक्षका २३ सांसद् समेतको हस्ताक्षर सर्वोच्चमा रिट दायर गरिएको थियो ।




प्रतिक्रिया