काठमाण्डु – नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहले आफ्ना नेतामाथि गरेको कारबाहीको निन्दा गरेको छ ।
शुक्रबार कलंकीको एक पार्टी प्यालेसमा बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री अोलीले पार्टीको विधि र विधान विपरित उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि कारबाही गरेको भन्दै आपत्ति जनाएको छ ।
‘केपी ओलीले नवौं राष्ट्रिय महाधिवेशन, पार्टी विधान र नियमावली विपरित पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि ६ महिनाका लागि कथित निलम्बनबारे बैठकले निन्दा र भर्तसना गरेको छ । केपी शर्मा ओलीको अरुमाथि ताशाही लाद्ने, निरंकुश र स्वेच्छाचारी चरित्रको धुतक हो भनेका छौं र यसको विरोध गरेका छौं’, नेता भीम रावलले भने ।
उनले एमालेको रक्षाका लागि गतिशिल रुपमा अगाडि बढ्ने निर्णय भएको जानकारी दिए ।
‘यस्ता कारबाहीले पार्टीको विधान मिचिएको छ । तर, पनि एमालेको रक्षाका लागि हामीले जुन पाइला चालेका छौं यसलाई अझै गतिशिल रुपमा अगाडि बढ्ने निर्णय गरेको छ ।
उनले नवौं महाधिवेशनमा निर्वाचित भएका ओली अवैध अध्यक्ष भइसकेको जिकिर गरे ।
‘केपी ओलीजी एमालेको नवौं महाधिवेशनबाट पारित विधानको धारा १३ को १ ले राष्ट्रिय महाधिवेशनको आयोजना केन्द्रीय कमिटीले प्रत्येक ५ वर्षमा गर्ने व्यवस्था गरेको छ । उहाँले त्यस्तो विधानको विपरित अध्यक्षले आफूलाई भन्नुभएको छ । उहाँ अवैध अध्यक्ष हो । अवैध अध्यक्षले गरेको निर्णय मान्य हुँदैन’, उनले भने ।




प्रतिक्रिया