नेपाल पक्षको काठमाण्डु जिल्ला समानान्तर कमिटी घोषणा

नेपाल पक्षको काठमाण्डु जिल्ला समानान्तर कमिटी घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल समूहले काठमाण्डुमा समानान्तर जिल्ला कमिटी चयन गरेको छ ।

आइतबार काठमाण्डुमा भएको नेपाल समूहको भेलाले मानन्धर बागमती प्रदेशका प्रदेशसभा सदस्य बसन्त मानन्धरको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ ।

यस्तै, सचिवमा कुसुम कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा सरोज ढकाल, रमेश केसी, गोपाल जोशी, लेखनाथ गौतम, सावित्री चौलागाई, शशी पराजुलीलगायत छन् ।