काठमाण्डु – नेकपा (एमाले) माधव नेपाल पक्षले पार्टीको बैठक बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।
बिहीबार बसेको नेपाल पक्षको बैठकले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिठीको बैठक बोलाउन माग गरेको नेता भीम रावलले जानकारी दिए ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले ब्यूँतिएकाले प्रधानमन्त्रीले बैठक बोलाएर सबै नेताहरुसँग छलफल गर्नुपर्ने उनले बताए ।
‘छिट्टै बैठक बस्नुप¥यो । पार्टी प्रक्रियागत, संगठनात्मक प्रणालीअनुसार गतिशील हुनुपर्यो, चलायमान हुनुपर्यो,’ उनले भने, ‘दुईटा ठूलो पार्टीको एकता त गुमायौँ, नेकपा एमालेको एकता र शक्तिमा पनि आँच आउँछ कि भनेर हामीलाई चिन्ता लागेको छ ।’




प्रतिक्रिया