काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको बैठक जारी छ । उक्त बैठकमा दुवै समूहका ११ जना नेता सहभागी छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठकमा एमाले सो छलफलमा अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल, पार्टी महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अन्य नेताहरु सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, गोकर्ण बिष्ट र रघुजी पन्त लगायत सहभागी छन् ।
पछिल्लो समय एमालेमा विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली र नेता नेपालबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।




प्रतिक्रिया