पार्टी एकताका लागि माधव नेपाल फकाउन केपी ओलीलाई जिम्मेवारी


काठमाण्डु – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसँग एकताका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाल पक्षसँग एकताका लागि अन्तिम प्रयास गर्ने र सो को जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको हो ।

बैठकले पार्टी एकता र कम्युनिष्ट आन्दोलन जोगाउन माधव नेपाल पक्षसँग अन्तिम प्रयास गर्नका लागि पार्टी अध्यक्ष ओलीलाई जिम्मा दिने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘माधव पक्षसँग अझै पनि वार्ता जारी छ । हामी पार्टी एकता र कम्युनिष्ट आन्दोलन जोगाउन छलफलमा छौँ । अध्यक्ष कमरेडले अब एकताका लागि अन्तिम प्रयास गर्नुहुनेछ । यो विवाद र रडाको अब निश्चित अवधिका लागि मात्र हो । अबको केही दिनका छलफलहरूले धेरै कुरा तय गर्छ’, उनले भने ।

त्यस्तै बैठकले पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement