काठमाडौं – नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले पूर्वप्रधानमन्त्री, नेकपाका वरिष्ठ नेता तथा विदेश मामला विभाग प्रमुख माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
आज बिहान पूर्वप्रधानमन्त्री नेपालको नीजि निवास कोटेश्वरमा भएको भेटघाटको शुरूवातमा पूर्वप्रधानमन्त्री नेपालले राजदूतको जिम्मेवारी सहित आएकोमा निकोला पोलिटलाई स्वागत गर्नुका साथै कार्यकाल सफलताको शुभकामना दिए । उनले लामो एवम् सुमधुर कुटनीतिक सम्बन्ध रहेका नेपाल र बेलायत बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन र नयाँ उचाई प्रदान गर्न यो कार्यकाल सफल हुने विश्वास समेत ब्यक्त गरे ।
नवनियुक्त बेलायती राजदूतले स्वागत एवम् शुभकामनाको लागि पूर्वप्रधानमन्त्री नेपालप्रति आभार प्रकट गर्दै करिब २० बर्ष पहिले शोधकर्ताको रूपमा नेपाल आएको र सुन्दर अन्नपूर्ण ट्रेकिङ रूटमा ट्रेकिङ गरेको स्मरण गरेकी छन् ।
उनले नेपालको राजनीति, लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा पूर्व प्रधानमन्त्री नेपालको भूमिकाबारे आफुले जानकारी पाएको कुरा उल्लेख गर्दै सबैको सहयोगमा नेपाल–बेलायत सम्बन्धमा सक्दो सकारात्मक योगदान दिने बताए । उहा‘नीहरूबीच नेपाल–बेलायत सम्बन्धका विविध पक्ष एवम् सहयोग र संभावनाका बिषयमा समेत कुराकानी भएको छ ।




प्रतिक्रिया