काठमाण्डु – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई राजनीतिक दलको मान्यता दिएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको (लोसपा) लाई निर्वाचन आयोगले बुधबार दलको मान्यता दिएको हो ।

एमालेका ५५ सांसदले नेकपा एकीकृत समाजवादी र जसपाका १४ जना सांसदले दर्ता प्रक्रियामा सनाखत गरेर लोसपा दल दर्ता गराएका हुन् । बुधवार निर्वाचन आयोगले नयाँ दलको रूपमा यी दुई राजनीतिक दललाई आधिकारिकता दिने निर्णय गरेसँगै नयाँ पार्टीले प्रमाणपत्र पनि पाएको छ । आयोगमा लोसपाको दर्ता नम्बर १६७ रहेको छ ।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिवेदन दिएका थिए ।




प्रतिक्रिया