काठमाण्डु- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को बैठक मंगलबार चन्द्रागिरि रिसोर्टमा जारी छ । एकीकृत समाजवादीको बैठक जारी रहेकै बेला चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाण्डु जिल्ला प्रशासनले निषेधाज्ञा उल्लंघन गरेर किन भिडभाड गराएको भन्दै स्पष्टीकरण सोधेको छ ।
रिसोर्टमा सोमबार बेलुकादेखि उक्त पार्टीको भेला जारी छ । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा उल्लंघन गरेर भिडभाड गरेको विषयमा रिसोर्ट प्रशासनसँग स्पष्टीकरण सोधिएको जानकारी दिए ।
पछिल्लो समयमा नेकपा एमालेबाट अलग भई नयाँ दल दर्ता प्रक्रियामा रहेका नेता नेपालले आफु पक्षका केन्द्रीय सदस्य र सांसदहरु दायाँबायाँ नहुन् भन्ने उदेश्यले उनीहरुलाई सोमबार रिसोर्टमा लगिएको हो ।




प्रतिक्रिया