एकीकृत समाजवादीको चुनावी एजेण्डाः निःशुल्क खानेपानीदेखि विजुली निःशुल्कसम्म

एकीकृत समाजवादीको चुनावी एजेण्डाः निःशुल्क खानेपानीदेखि विजुली निःशुल्कसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले ‘निःशुल्क खानेपानी, सुखी जिन्दगानी’लाई चुनावी एजेण्डा बनाएको छ ।

यसअन्तर्गत पानीको सुविधा पुगेका पालिकाका हरेक घर–परिवारलाई मासिक दश हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने भनिएको छ । खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा पुर्‍याइने पनि स्थानीय तह निर्वाचन घोषणापत्र– २०७८ को मस्यौदामा उल्लेख छ ।

हरेक घर परिवारमा खानेपानी पुर्‍याउने काम स्थानीय सरकरको उच्च प्राथमिकता हुने र सोहीअनुसार बजेटको प्राथमिकता प्रतिबद्धता घोषणापत्रमा छ ।

हरेक पालिकामा युवा विभाग, हरेक वडामा खेल मैदान, संरक्षित कृषि बजार, प्रत्येक घर–परिवारलाई २०० युनिट निःशुल्क विजुली, सामुदायिक विद्यालयको सुधार, निःशुल्क आधारभूत स्वास्थ्य उपचारलगायतका एजेण्डा पनि घोषणात्रमा समेटिएका छन् ।