काठमाण्डु – नेकपा एकीकृत समाजवादीले केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ ।
केन्द्रीय कमिटी तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको आज सम्पन्न पहिलो केन्द्रीय समिति बैठकले विभिन्न ५ शिर्षकमा गरेको निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो कमिटी पनि गठन गरिएको छ ।
यस्तै, पार्टीमा सातजना उपाध्यक्ष चयन गरिएको छ । जसमा उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह र जयन्ती राईलाई बनाउने निर्णय गरेको छ ।
नेता बेदुराम भुसाल महासचिव बनेका छन् । तीन उपमहासचिव र चार सचिव पनि चयन गरिएको छ । उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. बिजय पौडेल रहेका छन् । सचिवमा नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन भएका छन् ।





प्रतिक्रिया