काठमाण्डु – चुनाव चिन्ह परिवर्तन गर्न नेकपा एकीकृत समाजवादी निर्वाचन आयोग जाने भएको छ । यसअघि प्रस्ताव गरेको ‘किताब’ चुनाव चिन्ह परिवर्तन गर्दै ‘कलम’ राख्न नेकपा एस निर्वाचन आयोग जान लागेको हो ।
सबै प्रक्रिया पुर्याएर आजै आयोग जाने तयारी भइरहेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि प्रस्ताव गरेको ‘किताब’ चुनाव चिन्ह परिवर्तन गर्दै ‘कलम’ राख्ने निर्णय गरेको थियो ।
कमल निर्वाचन चिन्ह यसअघि जीवन राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) ले पाएको थियो । उक्त पार्टीलाई गत जेठ ३० मा निर्वाचन आयोगले प्रमाणपत्र दिएको थियो । अहिले राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माधव कुमार नेपाल नेतृत्वको समाजवादीमा एकीकरण गरेर चुनाव चिन्ह ‘कलम’राख्न लागिएको हो ।
त्यसका लागि राईलाई समाजवादीको केन्द्रीय सदस्य बनाउने निर्णय बिहीबारै भैसकेको छ । निर्वाचन चिन्ह परिवर्तन गर्न आयोग जानुअघि पार्टी एकता गरेको संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ ।




प्रतिक्रिया