काठमाण्डु – नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज एकता घोषणा हुँदैछ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले आज अर्को वाम घटक नेकपा (जनवादी)सँग पार्टी एकता घोषणा गर्ने भएको हो ।
मंगलबार (आज) राष्ट्रिय सभागृहमा १२ : ३० बजे एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको एकीकृत समाजवादीका नेता जगनाथ खतिवडाले जानकारी दिए ।
२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको जनवादीको देशभरी ४३ कमिटी रहेको छ । देवेन्द्रसिंह महताको नेतृत्व रहेको नेकपा (जनवादी) २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेको घटक हो ।




प्रतिक्रिया