एकीकृत समाजवादीको ३ सय ५१ सदस्यीय किसान महासंघ गठन

एकीकृत समाजवादीको ३ सय ५१ सदस्यीय किसान महासंघ गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले अखिल नेपाल किसान महासंघ गठन गरेको छ । बलराम बास्कोटाको नेतृत्वमा बनेको ३ सय ५१ सदस्यीय महासंघ गठन गरिएको हो ।

महासंघमा नौ उपाध्यक्ष, एक महासचिव र १० जना सचिव रहेका छन् भने उपाध्यक्षहरूमा बलदेव चौधरी, रामचन्द्र साह तेली, कृष्ण खनाल, श्रीनाथ बराल, निर्मल सुवेदी, कृष्णबहादुर बिसी, रामकुमार ज्ञवाली, सावित्रा रेग्मी र केशवराज खड्का रहेका छन् ।

त्यस्तै महासंघको महासचिवमा प्रमेश पोखरेल र सचिवहरुमा छिरिङ लामा, बतहु यादव र भरत फुयाँल रहेका छन् शम्भु दुलाल, शर्मिला पौडेल, सुनिता भुसाल, कमल खत्री, प्रेमा अधिकारी, हनुमान चौधरी,कृष्ण नेपाली र पूर्ण बुढा रहेका छन् ।

महासंघका पदाधिकारी र समिति सदस्यहरूलाई अध्यक्ष माधवकुमार नेपालले सोमबार पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।