नेकपा एसको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

नेकपा एसको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ । करिब एक महिना अघि एमाले फुटाएर नयाँ दल खोलेका माधव नेपाल नेतृत्वको नेकपा एसको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

एमाले विभाजनका बेला तत्कालीन एमालेका ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराइएको थियो । आजको बैठकले केन्द्रीय कमिटी विस्तार हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीति, पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने खतिवडाले बताए ।

बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमासमेत छलफल हुनेछ ।

त्यसैगरी बैठकमा बरिष्ठ नेता झलनाथ खनालले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन् भने त्यसमा सामुहिक छलफल हुनेछ । एकीकृत समाजवादीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ ।