काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा सुरु भएको छ ।
सोमबार बिहान नेकपा संसदीय दलको कार्यालयमा प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक सुरु भएको छ ।
मन्त्रिपरिषद्ले फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष आगामी सिफारिस गरेसँगै प्रचण्ड–नेपाल समूहले आफ्ना रणनीति तय गर्न बैठक जारी राखेकाे हाे ।
बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल , वरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।




प्रतिक्रिया