काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
आज दिउँसो नेता नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हनु आग्रह गरेका हुन् । स्रोतका अनुसार आजको भेटमा प्रचण्डले मन्त्रिपरिषद विस्तारको विषयमा पनि नेपालसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताए पनि सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा नेता नेपाल पक्ष अनिर्णित छ । यता, प्रधानमन्त्री देउवाले पनि नेता नेपाललाई सरकारमै सहभागी हुन आग्रह गरिरहेका छन् । नयाँ सरकार बनेसँगै प्रचण्ड दोस्रो पटक नेता नेपाल निवास कोटेश्वर पुगेका हुन् ।




प्रतिक्रिया