काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । आज नेपालको निवास कोटेश्वर पुगेका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विश्वासयोग्य नेता नभएकोे भन्दै नेता नेपाललाई आफूहरुको साथ नछाड्न आग्रह गरेका छन् ।
श्रोतका अनुसार भेटका क्रममा प्रचण्डले भने, ‘ओलीजी विश्वासयोग्य नेता होइन । जतिबेला पनि धोका हुन सक्छ । यसमा चाहिँ ख्याल गर्नुस् । त्यसैले ओलीजीबाट तपाईंहरूलाई फेरि धोका हुन सक्छ, त्यसैले हाम्रो साथ नछोड्नुहोस्।’
नेता नेपालले आफू निकटका नेताहरूसँग छलफल गरेर अघि बढ्ने जवाफ दिएका छन् । एमाले विवाद मिलाउन गठित कार्यदलले शुक्रबार सात घन्टाभन्दा लामो छलफल गरी एकताको सहमतिको विन्दुमा पुगेको संकेत दिएको भोलिपल्टै नेता नेपाललाई अध्यक्ष प्रचण्डले भेटेका हुन् ।
शु्क्रबार सिंहदरबारको अर्थमन्त्रालयमा बसेको एमाले कार्यदलका दुई पक्षका नेताहरुबीच पार्टीका सबै संरचनालाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन सहमत भएका छन् । माओवादी छाडेर एमालेमा आएका पूर्वमाओवादीहरुलाई समेट्न, पार्टी र संसदीय दल संस्थागत रुपमा चलाउनेलगायत विषयमा कार्यदलको बैठकमा कुरा भएको छ ।




प्रतिक्रिया