माधव नेपाल पक्षका १५ सांसदले गरे राजीनामा पत्रमा हस्ताक्षर

माधव नेपाल पक्षका १५ सांसदले गरे राजीनामा पत्रमा हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका नेता माधव नेपाल पक्षका १५ जना सांसदहरुले राजीनामा पत्र बुझाएका छन् । उनिहरुले नेता नेपाललाई आज राजीनामामा हस्ताक्षर गरेको पत्र बुझाएको स्रोतको दावी छ ।

नेपाल पक्षको सातदोबाटोमा आज बसेको बैठकमा ३२ जना सांसदहरु उपस्थित थिए । उनिहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने भएका हुन । एमालेमा माधव पक्षका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् ।

एमाले अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालका साथै एमालेका दोस्रो तहका नेताहरुबीच पार्टी एकतालाई कायम राख्न विभिन्न चरणमा छलफल भएपनि अन्तमा त्यो सफल हुन सकेन ।

एमाले भित्रको नेपाल पक्ष कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग मिलेर आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री ओलीको सरकार ढाल्न अग्रसर भएको छ ।

उनिहरुले नयां पार्टी गठन गर्ने प्रक्रिया समेत सुरु गरेका छन् । माधव नेपाल पक्षमा भीम रावल,युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य र बेदुराम भुषाललगायतका नेताहरु ओलीलाई सत्ताच्यूत गर्ने र नयां पार्टी गठन गर्ने योजनामा छन् भने सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,योगेश भट्टराई,गोकर्ण विष्ट र सोमप्रसाद पाण्डे लगायतका नेताहरु पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने लाईनमा थिए ।

एमाले नेता र रावल र भट्टराईको बीचमा नयां पार्टी गठनबारे बिवाद भएको स्रोतले जनाएको छ । भट्टराईले पार्टी विभाजन गर्न नहुनेमा जोड दिंदै आएका छन् ।

एमाले नेता नेपालले आफुसंग २५ जना सांसद भएको भन्दै यसअघि नै कांग्रेस सभापति शेरवहादुर देउवालाई सुची नै बुझाएका थिए । तर, देउवाले आफु लिखित हस्ताक्षर बिना अघि नबढ्ने अडान राखेपछि नेपालले राजीनामा पत्रमा गरेको हस्ताक्षर देउवालाई बुझाउने तयारी गरेको निकट स्रोतले बतायो । राजीनामा पत्रमा गरिएको हस्ताक्षर
संघीय संसद सचिवालयमा पेश गर्ने तयारी छ ।

कांग्रेस सभापति देउवा शुक्रवारदेखी नै नयां सरकार गठन गर्न अग्रसर भएका छन् । तर,कांग्रेसभित्र तत्काल सरकारमा नजान नेताहरुको सभापति देउवालाई दबाव छ ।