माधव पक्षका सांसदको अडान : देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता हुँदैन

माधव पक्षका सांसदको अडान : देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता माधव नेपालले आफूनिकट सांसदहरुसँग छलफल गरेका छन् । पार्टी एकताका लागि सोमबार साँझभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन अध्यक्ष केपी ओलीले निर्देशन दिएपछि नेता नेपालले आफुपक्षीय सांसदहरुसँग भर्चुअल छलफल गरेका हुन् ।

माधव नेपाल पक्षका २३ जना विघटित प्रतिनधिसभाका सदस्यहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । छलफलमा सहभागी सबैले देउवालाई दिएको समर्थन कुनै पनि हालतमा फिर्ता लिन नहुने बताएको विघटित प्रतिनिधिसभाका सदस्य झपट रावलले बताए ।

पार्टी एकता र हस्ताक्षरको कुनै सम्बन्ध छैन । जुन संसद र सांसद नै उहाँलाई चाहिएन, अहिले उनीहरुको हस्ताक्षर फिर्ता किन चाहियो ? उनले प्रश्न गर्दै भने । एमाले जेठ २ मा फर्किएको भनेर फेरि एकपटक अध्यक्ष केपी ओलीले ओलीले झुक्याएको आरोप लगाए ।

‘एमालेलाई जेठ २ मा जस्ताको तस्तै फर्काएर बैठक बोलाउन कसले रोक्यो ? फेरि पनि झुक्याउने खेल हो यो सबै,’ नेता रावलले भने ।