प्रचण्ड, नेपाल र विप्लवबीच कोटेश्वरमा भेटवार्ता

प्रचण्ड, नेपाल र विप्लवबीच कोटेश्वरमा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पहमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

तीन नेताबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको प्रचण्डका स्वकिय सचिव गंगा दाहालले जानकारी दिइन् । उनीहरुबीच समसामयीक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको  भेटमा सहभागी भएका नेता धर्मेन्द्र नेता बाँस्तोलाले बताए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहमति गरेर खुला राजनीतिमा आएका विप्लबले पछिल्लो समय बामपन्थी नेताहरुसँगको भेटघाटलाई तिब्रता दिईरहेका छन् । यसअघि बुधबार मात्रै विप्लवले खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए ।