काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई प्रदेश इन्चार्जबाट हटाएको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएर क्रमशः देवेन्द्र पौडेल र युवराज ज्ञवालीलाई इन्चार्ज तोकिएको छ ।
प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–नेपाल समूहकै नेता इन्चार्ज रहेका छन् ।




प्रतिक्रिया