नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक : राजनीतिक प्रतिवेदनबारे छलफल


काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।  मंगलबार बानेश्वरको बुद्धनगरस्थित क्वालिटी बैङ्क्वेटमा बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

बैठकमा उक्त प्रतिवेदनबारे छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । खतिवडाले उक्त बैठकमा निर्वाचन आयोगमा सनाखत गरेका ११६ जना र त्यसपछि थपिएका केन्द्रीय कमिटी सदस्यहरूले सपथ लिएको बताए ।

त्यसैगरी केन्द्रीय कमिटी विस्तार, कार्य विभाजन लगायत अन्य विषयमा छलफल भएको उनले जानकारी दिए । यस्तै बैठकले ७७ जिल्लामा कमिटी विस्तार गर्ने निर्माण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement