गणतन्त्रपछि पूर्वाधारमा महत्त्वपूर्ण उपलब्धि देखियो : माधव नेपाल

गणतन्त्रपछि पूर्वाधारमा महत्त्वपूर्ण उपलब्धि देखियो : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र प्राप्तिपछिका अवधिमा मुलुकको समग्र विकासले गति लिएको बताएका छन् ।

राससले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्वीर प्रदर्शनीको अवलोकनपश्चात् उनले मुलुकमा आर्थिक समृद्धिको प्रमुख आधार मानिएको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

अध्यक्ष नेपालले गणतन्त्र स्थापनापछिको यो अवधिमा विकास निर्माणको कार्य उपलब्धिमूलक भएको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले गणतन्त्रका उपलब्धिलाई जनतामाझ लैजान र जनताको पक्षमा काम गर्न सबै जिम्मेवारीताकासाथ लाग्नुपर्ने बताए ।