नेपालको राजनीति सही दिशातर्फ जान सकेको छैन : माधव नेपाल

नेपालको राजनीति सही दिशातर्फ जान सकेको छैन : माधव नेपाल


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति सही दिशातर्फ जान नसकेको बताएका छन् ।

सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको आरोप लगाए ।

गैरलोकतान्त्रिक आचरण बोकेकाको हातमा देश गएकाले तानाशाह शैलीमा अघि बढिरहेको उनले बताए । २ ठूला पार्टी मिलेर संविधान संशोधनका नाममा सरकार बनाएर जनतालाई मूर्ख बनाउने काम भएको उनको आरोप छ ।

जनताले सुरक्षा र रोजगारी चाहेकोमा त्यो पूरा हुन नसकेको उनले बताए । विचाराधीन रहेका विधेयक पूरा नगरी अध्यादेश ल्याउनु गलत रहेको उनले बताए ।