एकीकृत समाजवादीको ठहर : अख्तियारको मुद्दा माधव नेपालमाथि प्रतिशोध

एकीकृत समाजवादीको ठहर : अख्तियारको मुद्दा माधव नेपालमाथि प्रतिशोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको ठहर गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको बैठकले विगतदेखि नै पार्टी र नेताहरूविरुद्ध चलेको षड्यन्त्रको सिलसिलाअनुसार अध्यक्ष नेपालमाथि पूर्वाग्रही ढंगले प्रतिशोध साँधिएको ठहर गरिएको छ ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि लागेको आरोपको कानूनी र राजनीतिक प्रतिवाद गर्ने छलफल भएको जानकारी दिए । उनले अदालतबाट ‘क्लीन चिट’ लिने बताए ।