अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लागेपछि कानूनी परामर्श गर्दै एकीकृत समाजवादी

अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लागेपछि कानूनी परामर्श गर्दै एकीकृत समाजवादी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर गरिएको भ्रष्टाचार मुद्दाका विषयमा शीर्ष नेताहरूसहित कानूनविद्सँग छलफल गरेको छ ।

पार्टीले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरण सम्बन्धी विषयमा कानूनविद्सँग छलफल गरेको छ ।

मन्त्रिपरिषद्को नीतिगत निर्णय गर्ने तत्कालीन कानूनी व्यवस्था, पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरण सम्बन्धी निर्णयको भावना, निर्णयपछि हालसम्मको अवस्था, त्यस प्रक्रियामा प्रयोग गरिएका कानूनी आधार लगायत विषयमा छलफल गरेको छ ।

अख्तियारको क्षेत्राधिकार, अख्तियारले मुद्दा दायर गर्नका कारण, त्यसको कानूनी उपचारबारे समीक्षा गरिएको पार्टीका महासचिव घनश्याम भुसालले बताए । अदालतमा पुगेको विषयको निरुपण अदालतबाट नै हुने बताउँदै महासचिव भुसालले न्यायालयबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

आयोगले लगाएको अभियोग प्रतिरक्षाका लागि कानूनी उपचारमा जाने आधार रहेको कानूनविद्हरूले सुझाव दिएको पार्टीले जनाएको छ । आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अध्यक्ष नेपालसहित ९३ जना दोषी ठहर गर्दै १८ करोड रुपैयाँमाथिको बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।