पूर्वप्रधानमन्त्री नेपालको थुनछेक बहस सकियो, आजै आदेश आउने

पूर्वप्रधानमन्त्री नेपालको थुनछेक बहस सकियो, आजै आदेश आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सकिएको छ ।

आयोगले भ्रष्टाचार मुद्दा लगाएपछि बुधबार आफैं विशेष अदालतमा हाजिर हुन पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको बयान र थुनछेक बहस भइसकेकाले अब बुधबारै आदेश आउनेछ ।

थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहनसागर बस्याल, विशेष सरकारी वकिलकै भगवती गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गरेका छन् ।

नेपालका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्दप्रसाद बन्दी, खम्बबहादुर खाती, रमन श्रेष्ठ, दिनेश त्रिपाठी, टीकाराम भट्टराई सहितले बहस गरेका थिए । नेपालका तर्फबाट बहस गर्नेहरूले संविधानको धारा ८२ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ४ को ‘ख’ बमोजिम अख्तियारले आफ्नो क्षेत्रधिकार मिचेको भन्दै मुद्दा नै खारेजभागी रहेको दाबी गरेका छन् ।