पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पतञ्जलिको जग्गा खरिदबिक्री प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

बुधबार अध्यक्ष नेपाल विशेष अदालतमा उपस्थित भएपछि भएको बयान र थुनछेक बहसपछि ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको छ ।

अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलाशले पूर्वप्रधानमन्त्री नेपालसँग धरौटी माग्ने आदेश गरेको जनाइएको छ ।