माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतको यस्तो आदेश

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतको यस्तो आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले मुद्दामाथि सुनुवाइ गर्दै नेपाल लगायतका प्रतिवादीहरूको साक्षी झिकाई भौतिक रूपमा वा श्रव्यदृष्य माध्यम भिडियो (कन्फ्रेन्स) मार्फत् उपस्थित गराई बकपत्रको निमित्त इजलासमक्ष पेश गर्न आदेश दिएको छ ।

मुद्दाको विषयसम्वद्ध उजुरीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट भएको निर्णय सहितको फाइल झिकाउन पनि आदेश गरिएको छ ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो । २०६६ माघ १८ गते नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो । सोही प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।