एकीकृत समाजवादीमा खटपट : माधव नेपालले झलनाथलाई स्मरण गराए अनुशासन


काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीभित्र शीर्ष २ नेताबीच खटपट बढ्दै गएको छ ।

पार्टीको बैठकपछि जारी अन्तरपार्टी निर्देशन (अपानि) का विषयमा उत्पन्न भएको विवाद बढ्दै गएको छ ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले अपानि जारी हुँदा पार्टीमा सल्लाह र छलफल नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसको सन्दर्भमा बिहीबार अध्यक्ष माधवकुमार नेपाललाई सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले कडा जवाफ दिएका छन् ।

उनले पार्टीभित्रको कुरा सडकमा लानु राम्रो नभएको जवाफ दिए । अध्यक्ष नेपालले भने, ‘त्यस्ता कुरामा हामी पार्टीमै बसेर छलफल गरौंला । पार्टीभित्रको कुरा सडकमा लाने काम पार्टीको जिम्मेवार बसेकाले गर्दैनन् । अनुशासनको कुरा बुझेकाले गर्दैनन् । सबै कुरा पार्टीभित्र बसेर छलफल गरेर टुंगो लगाउँछौं ।’

अध्यक्ष नेपालले पार्टी भित्रका कुरा छलफलबाट टुंग्याउने बताए । अपानि जारी भएपछि पार्टीका अन्य नेताले पनि असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement