हाम्रो नालायकीले गर्दा मुलुकमा समस्या आएको हो : माधव नेपाल

हाम्रो नालायकीले गर्दा मुलुकमा समस्या आएको हो : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलका नेताहरूकै नालायकीका कारण मुलुकमा समस्या आएको बताएका छन् ।

आज बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘दोष अरुतिर पन्छाएर हुँदैन । हाम्रो नालायकीले गर्दा मुलुकमा समस्या आएको हो, समस्याको पहिचान गर्न गम्भीर हुनपर्छ । देशको अवस्था गम्भीर छ ।’

उनले २ वटा अतिवादी सोच रहेको बताए । ‘सबै डुबिसक्यो, केही पनि भएन । कुनै उपलब्धि छैन । निराशावादी भाष्य सुनिन्छ । अर्को सबैथोक राम्रो भयो । समस्या विकराल छैन भन्ने । यो दुवै अतिवाद सोच हो । यसबाट मुक्त हुनुपर्छ,’ उनले भने ।

अध्यक्ष नेपालले प्रतिपक्षीले सदनमा रचनात्मक भूमिका निभाउनुपर्नेमा जोड दिए । सत्ताबाट हट्नुको पीडाले सदन र सरकारलाई असहयोग गर्न नहुने अध्यक्ष नेपालले बताए । ‘सदन अवरोध गरेर मात्र हुँदैन । पीडा पोखेर मात्र हुँदैन,’ उनले भने ।

भ्रष्टाचार व्याप्त रहेको र पैसा विना काम नहुने गरेको उनले बताए । ‘विना पैसा काम हुँदैन भन्ने रिपोर्ट आएको छ । दलाल, बिचौलिया, तस्कर संरक्षण गर्ने अधिकारीको संलग्नता रहेको छ,’ उनले भने, ‘संरक्षणमा राजनीतिक नेतृत्वको भूमिका छ । त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यान जाओस् ।’