काठमाण्डु – नेकपा एमालेले माधव नेपालसहित ११ जनालाई पार्टीबाट निष्काशन गरेको छ ।
सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले नेता नेपाल, झलनाथ खनालसहित ११ जनालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।
निष्काशित हुनेहरुमा नेता नेपाल, खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरु रहेका छन् ।




प्रतिक्रिया