कञ्चनपुर – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)आर्थिक विकासमा सहयोग भएमात्रै स्वीकार्य हुने बताएका छन् ।
आईतबार प्रेस सेन्टर नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको आर्थिक विकासमा एमसिसी भएमात्रै स्वीकार्य रहेको बताएका हुन् । नेता नेपालले कालापानीसहित समग्र सीमा विवाद समाधान गर्नका लागि भारतले उद्दारता देखाउनुपर्ने समेत बताए ।
नेता नेपालले नेकपाको स्थायी समितिबाट समेत एमसीसीको विषयमा छलफल भएको बताउदै थप छलफलका लागि केन्द्रीय समितिबाट अनुमोदन गरिने बताए । एमसिसीको विषयमा थप विश्लेषण गर्नुपर्ने भएकाले सबैको सद्भाव अनुरुप अघि बढनुपर्ने धारणा राखे ।
सरकारका काम कार्बाहीको विषयमा नेता नेपालले सन्तोषजनक प्रगति कहिल्यै नहुने बताए । धनगढी विमान स्थलको स्तरोन्नती गर्दै पर्यटनलाई राष्ट्रको मुल प्रवाहमा जोड्नुपर्ने बताए ।
नेता नेपालले सोमबारै निर्माणाधिन चार लेनको महाकाली पुलको समेत स्थलगत अवलोकन गर्दै यथाशिघ्र निर्माणमा जोडदिए । शनिबार बेदकोट नगरपालिकामा नेपाल भ्रमण बर्ष २०२०को कार्यक्रमको उद्घाटन गर्न नेपाल कञ्चनपुर आएका थिए ।




प्रतिक्रिया