इमान्दारीपूर्वक जनताको काम गर्न मुख्यमन्त्री र मन्त्रीहरुलाई माधव नेपालको निर्देशन

इमान्दारीपूर्वक जनताको काम गर्न मुख्यमन्त्री र मन्त्रीहरुलाई माधव नेपालको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मुख्यमन्त्री र मन्त्रीहरुलाई इमान्दार पूर्वक जनताको काम गर्न निर्देशन दिएका छन् ।

शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित हुन निर्देशन दिएका हुन । एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि शनिबार पहिलो बैठक बसेको हो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका छन् । उनिहरुलाई अध्यक्ष नेपालले सपथ खुवाएका हुन् । आगामी चैत महिनामा हुने स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवारी दिने भन्दै त्यसको तयारी गर्नसमेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।