काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल सकूहका अध्यक्ष माधव कुमार नेपालले सूर्य चिन्ह फ्रिज गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
सोमबार कार्की पार्टी प्यालेसमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले नेकपा विवादमा कसैलाई आधिकारिकता नदिने र चुनाव चिन्ह सूर्य पनि फ्रिज गर्ने षडयन्त्र भइरहेको बताएका हुन् ।
निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै केपी ओली समूहसँग एक चौथाइ पनि केन्द्रीय सदस्य नभएको बताए । जसकारण उनले आफूहरूलाई आधिकारिकता नदिने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका हुन् ।
यसअघि निर्वाचन आयोगले ओली समूहले बनाएको १५ सय सदस्यीय केन्द्रीय समिति र प्रचण्ड–माधव समूहका उनै अध्यक्षलाई अमान्य बताएको थियो ।




प्रतिक्रिया