काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बाेलाएकाे सतारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु हुनुअगाडि नै अध्यक्ष नेपाल बाहिरिएका हुन् ।
अध्यक्ष नेपाल बाहिरिए पनि बैठकस्थलमा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल भने बसिरहेका छन् । प्रधानमन्त्री देउवा बैठकस्थलमा आउन ढिला भएपछि नेपाल पुर्ववतः कार्यक्रममा सहभागी हुने वालुवाटार बैठकवाट निस्किएका हुन् ।
हाल बैठक सुरु भइसकेको छ । चार बजे बोलाइएको सर्वदलीय बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो । गठबन्धनले सर्वदलीय बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन बैठक बसेको नेताहरुले बताएका छन् ।
संसदको गतिरोध हटाउन र एमसीसी लगायत राष्ट्रिय मुद्दामा सहमति तथा साझा धारणा तय गर्न प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी अनुपस्थित भएका छन् ।




प्रतिक्रिया