यथास्थितिमा एमसीसी पास गर्न सकिँदैन : माधवकुमार नेपाल

यथास्थितिमा एमसीसी पास गर्न सकिँदैन : माधवकुमार नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पास नहुने बताएका छन् ।

कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताएका हुन् ।

उनले एमसीसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राखे । अध्यक्ष नेपाललले आफ्नो पार्टीले एमसीसीका विषयमा सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।