काठमाण्डु –नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले मुलुक बनाउन सिंगो प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देश बनाउने कुरामा सरकारको भूमिका हुने भए पनि सरकार गम्भीर नभएको भन्दै सिंगो प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
उनले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने र प्राथमिकताको क्षेत्रहरु किटान गरेर अघि बढ्नुपर्ने बताए।
देशको आर्थिक विकासका निम्ति नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिँदै ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।
विभिन्न क्षेत्रलाई प्राथमिकीकरण गर्दै अघि बढे पनि आर्थिक विकासको निम्ति मानव संसाधन पनि महत्वपूर्ण हुने भन्दै उनले शिक्षित र दक्ष नागरिक आवश्यक रहेको बताए ।
नेता नेपालले देशको समस्या पहिचान गर्न सकिएन भने समस्या समाधान गर्न नसकिने भन्दै उनले देशमा देखा परेको समस्या पत्ता लगाउनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया