काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन नभएको दुखेसो पोखेका छन् ।
चितवनमा पार्टीको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन कुन दिनमा के हुने हो भन्ने स्थिति नरहेको खुलासा गरे ।
उनले भने, ‘अहिले हामी यो गठबन्धनमा छौं । अल्ली चैन भइराख्या छैन । मनको चैन भइराख्या छैन । व्यवहारमै होला समस्या । अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन ।’
उनले विगतमा गरेका गल्तीबाट सुध्रिए वामपन्थी एकताको विषयमा कुनै आपत्ति नरहेको बताए । एकीकृत समाजवादी पार्टीले कुनै आग्रह पालेर नबसेको उनले बताए ।
कम्युनिस्ट पार्टी मिल्दा संसद्मा झण्डै दुईतिहाइ सांसद भए पनि पनि कुनै गतिलो काम गर्न नसकेको अध्यक्ष नेपालले बताए ।




प्रतिक्रिया