उपेन्द्र यादवको बहिर्गमनसँगै डराए माधव नेपाल ! गठबन्धनविरुद्ध नबोल्न निर्देशन

उपेन्द्र यादवको बहिर्गमनसँगै डराए माधव नेपाल ! गठबन्धनविरुद्ध नबोल्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – केही दिनअघिसम्म नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफैं जथाभावी बोल्दै हिँड्ने गरेका थिए । आफू प्रधानमन्त्री बन्न खोज्दै अध्यक्ष नेपालले गठबन्धन जुनसुकै बेला पनि भत्किन सक्ने बताउँदै आएका थिए ।

तर सोमबारको पार्टी पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले गठबन्धनविरुद्ध नबोल्न र बोल्दा सोचविचार गर्न नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले हालको राजनीतिक अवस्था र गठबन्धनबारे जथाभावी नबोल्न निर्देशन दिएका स्रोतले जनाएको छ ।

अध्यक्ष नेपालको निर्देशन पछाडि पार्टीले सरकार छाड्नुपर्ने डर रहेको स्रोतले जनाएको छ । सरकारविरुद्ध लागेको आरोप खेपेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार नै मन्त्री पदबाट राजीनामा दिनुपरेको छ । मन्त्री पद छाड्न प्रधानमन्त्रीले निर्देशन दिएपछि यादवले राजीनामा दिएको चर्चा छ ।

सरकार र गठबन्धनको आलोचना गर्दा आफ्नो पार्टीले पनि सरकार छाड्नुपर्ने अवस्था आउनसक्ने डर देख्दै अध्यक्ष नेपालले जथाभावी नबोल्न निर्देशन दिएका स्रोतले जनाएको छ ।

बैठकमा पार्टीको १०औं महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज (राजनीतिक, सांगठनिक, विधान र समाजवादी कार्यक्रम) माथि पोलिटब्युरो सदस्यहरूले विचार राखिरहेका छन् ।