जनकपुर –पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।
मंगलबार बिहान जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस सरकारको नेतृत्व परिवर्तन हुने बताएका हुन् ।
मुलुक संघीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालले बताए ।
‘प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ,’ अध्यक्ष नेपालले भने ।




प्रतिक्रिया