काठमाण्डु – सर्वोच्च अदालतको हिजोको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि अप्ठ्यारोमा परेका माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूह छलफलमा जुटेको हो ।
नेपाल समूहका अधिकांश नेताहरुको सहभागी रहेको सो बैठकमा सर्वोच्च अदालतको फैसलापछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।




प्रतिक्रिया