विचाराधीन विधेयक फिर्ता नलिइकन अध्यादेश ल्याउन पाइँदैन : अध्यक्ष नेपाल

विचाराधीन विधेयक फिर्ता नलिइकन अध्यादेश ल्याउन पाइँदैन : अध्यक्ष नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता नलिइकन सरकारले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ ल्याउन नपाउने बताएका छन् ।

भूमिसम्बन्धी अध्यादेश समस्या समाधान गर्नेभन्दा पनि आफ्नाहरूलाई पोस्नका लागि ल्याएको उनको आरोप छ ।

जनता समाजवादी पार्टी, नेपालले आज आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले भने, “सरकार कानुन र विधिसम्मत ढङ्गबाट चल्नुपर्छ”, भने । उनले भने, “सरकारले सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ छैन ।”