देशको परिस्थिति अनुरूप कांग्रेस र कम्युनिष्ट पार्टीहरू मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल

देशको परिस्थिति अनुरूप कांग्रेस र कम्युनिष्ट पार्टीहरू मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विगतमा वामपन्थी र दक्षिणपन्थी विचार बोकेकाहरू मिलेर नै आन्दोलनहरू सफल भएको बताएका छन् ।

शनिबार ३२औं मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको परिस्थिति अनुरूप कांग्रेस र कम्युनिष्ट मिल्नुपर्ने बताए ।

उनले भने, ‘कमरेड पुष्पलालले भन्नुभएको थियो, जबसम्म यहाँ नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले हातेमालो गर्दैनन्, निरंकुश राजतन्त्रलाई पञ्चायती तानाशाहीलाई पराजित गर्न सकिँदैन । यो विचारलाई कांग्रेसका नेता बीपी कोइरालाले अस्वीकार गरेका थिए । फलस्वरूप बीपी बाँचुञ्जेलसम्म नेपाली कांग्रेसबाट एक्लै आन्दोलन सफल भएन । पछिल्लो ०६२/६३ वामपन्थी र दक्षिणपन्थी विचार बोकेर पनि देशको परिस्थितिमा निरंकुश राजतन्त्रको विरुद्धमा जुध्ने मानसिकताले दुवैले हातेमालो गरे र राजतन्त्रको अन्त्य पनि भयो । यो वास्तविकतालाई सबैले महसूस गर्नुपर्छ । किताबको पाना पल्टाएर होइन, देशको परिस्थिति अनुसार अगाडि बढ्नुपर्छ ।’

उनले जनताको विश्वास अनुरूप काम गर्नुपर्ने भन्दै सबै एकतावद्ध भएर काम गर्नुपर्ने बताए ।