साइबर स्यालहरु नेकपा हुँदा थिए, एमाले हुँदा हराए भनेको त अझै ज्यूंदै रहेछन्ः माधव नेपाल

साइबर स्यालहरु नेकपा हुँदा थिए, एमाले हुँदा हराए भनेको त अझै ज्यूंदै रहेछन्ः माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता माधव कुमार नेपालले नेकपाका साइबर स्यालहरु अझै ज्यूंदै रहेको बताएका छन् ।

आज आफ्नो समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले आफुहरुले आयोजना गरेको भेला स्थगित भयो भनेर ‘फेक’ सूचना जारी गदरेकोप्रचित आपत्ति जनाउँदै नेकपाका साइबर स्यालहरु अझै पनि ज्यूंदै रहेको बताएका हुन् ।

‘योगेश भट्टराईको नक्कली हस्ताक्षरसहित टाँसेर फेक सूचना जारी गरेका थिए । ४ र ५ गतेको भेला स्थगित गरिएको छ भनेका थिए । म आफैँ पनि हेरेँ के पो आएछ ? सही फोटोकपी गरेर टाँसेर सम्प्रेषण गरिएको रहेछ,’ उनले भने, ‘साइबर स्यालहरू अझै पनि ज्युँदै रहेछन्, अझै पनि बाँचिरहेका रहेछन् । नेकपा हुँदा थिए एमाले हुँदा हराए भनेको त अझै रहेछन् । साइबर स्यालदेखि होसियार, गलत सूचना सम्प्रेषण गर्नेछन् ।’

पार्टी निर्माणसँग जोडिएको लडाइँमा आफूहरू रहेकोले यो पदको लडाइँ नभएको भन्दै उनले भ्रमपूर्ण समाचार तथा पोस्टमा नपर्न आग्रह गरे ।