ओलीले बोलाएको संसदीय दलको बैठकअघि माधव समूहको सांसद बैठक

ओलीले बोलाएको संसदीय दलको बैठकअघि माधव समूहको सांसद बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूहका सांसद बैठक अहिले बस्दै छ ।

बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला जारी ललितपुरको हेरिटेज गार्डेनमा नेपाल झलनाथ खनाल समूहको सांसदको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा आजै बिहान ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्दै छ । तर त्यसअघि नै नेपाल–खनाल समूहका सांसदको बैठक राखिएको हो ।

बिहान १० बजेबाटै सुरु हुने गरी सांसदको बैठक बोलाइएको नेपाल पक्षका एक नेताले जानकारी दिए ।